विदेशमा अलपत्र परेका ३५ हजारलाई पहिलो चरणमा स्वदेश ल्याईने

everest kitchen
photo file

काठमाडौं। सरकारले विदेशमा अलपत्र परेकामध्ये करिब ३५ हजार नेपालीलाई पहिलो चरणमा नेपाल ल्याउने कार्ययोजना तयार गरेको छ।

विदेशमा अलपत्र र नेपाल आउन चाहाने नेपालीलाई के कसरी ल्याउन सकिन्छ भन्ने बारे यसअघि गठन भएकाे अध्यान समितिकाे कार्ययोजना प्रतिबेदनलाई परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले मन्त्रालयमा आइतबार सरोकारवाला मन्त्रालयका सचिव, महानिर्देशकहरु तथा सहसचिवहरु सम्मिलित बैठकमा प्रस्तुत गरेका हुन्।

उक्त कार्ययोजनामा पहिलाे चरण विभिन्न देशमा ओभर स्टे गरेका करिब ३५ हजार युबालाई फर्काइने, दोस्रो चरण रोजगारी गुमाएका र स्वदेश फर्कन चाहने कामदारलाई फर्काइने, तेस्रो चरण विदामा स्वदेश आउन चाहने कामदारहरुलाई फर्काइने बारे याेजना समाबेश गरिएकाे छ ।

उक्त कार्ययोजना कहिले देखि भन्नेे निश्चित नभएपनि लगत सुरु गरिने परराष्ट्रमन्त्राायका एक अधिकारीले जानकारी दिए ।