नयाँ सेवा सुविधा सहित लकडाउन पछि “लुजुम”

everest kitchen


काठमाडौ । लकडाउन खुल्नासाथ नेपाली राइड सेयरिङ सर्भिसको रुपमा लुजुम नामक नयाँ सेवा नेपालमा उपलब्ध हुने भएको छ ।

काठमाडौंमा सञ्चालित बिभन्न राईड सेरिङ एप भन्दा भिन्न सेवा सुबिधा सहित सेवा सञ्चालनमा ल्याउन लागेकाे लुजुमले बताएको छ । सामान्यतया अन्य राईडसेरिङ कम्पनीले अनलाइन सेवा मात्रै दिदै आएकाेमा “लुजुम” ले भने अफलाईनमा पनि राईड सेरिङ गर्न सकिने जनाएको छ।

कम्युट सर्भिसेस प्रालिले निर्माण गरेको लुजुमको मुख्य उद्देश्य नेपालको सवारी प्रणाली सहज र सुलभ बनाउने रहेको बताइएको छ । यसका लागि लुजुमले दुई पांग्रे (मोटरसाइकल), तीन पांग्रे (उपत्यका बाहिरका लागि टेम्पो र सफारी), चार पांग्रे (ट्याक्सी) र रिजर्भ गाडी (बोलेरो र स्करपियो) जस्ता यातायात सेवाहरू प्रदान गर्ने भएको छ ।
लकडाउन लगत्तै काठमाडौंमा गरिने र अगामी दिनमा अन्य सहरमा सेवा बिस्तार गर्ने उसले जनाएको छ ।

लुजुममा इन्टरनेटमा जडित नहुँदा पनि सवारी सेवा प्राप्त गर्न सक्नेछन । यात्रीहरु संग कहिलेकाही माेबाईलमा डाटा नहुने समस्यालाई ध्यानमा राखेर ९८०२३२३२३३/४/५/६ मा सम्पर्क गरेर राईड लिन सक्नेछन् ।

अन्य राईड सेरिङ कम्पनीले अहिलेसम्म गर्न नसकेकाे मध्ये यात्रु र राईडरलाई दुर्घटना सुरक्षा काेष स्थापना गरेकाे बताएको छ । दुर्घटना घटेको खण्डमा यात्री र पार्टनरको उपचारको केही भाग खर्च  लुजुमले ताेकेकाे सहकर्मी स्वास्थ्य केन्द्रहरू मार्फत भरिने जनाएको छ ।

त्यस्तै “लुजुम” ले अन्य यस्तो सुबिधाहरु पनि फरक ढंगले प्रस्तुत गरेकाे छ :

पार्टनर छनोट
महिला यात्रीको थप सुरक्षाको निमित्त सवारी निश्चित गर्नु अघि आफूले महिला वा पुरुष पार्टनर छान्न सकिन्छ । सो छनोट गर्दा महिला यात्रीलाई सम्भवित हदसम्म महिला पार्टनर नै प्रेषण गर्ने प्रतिबद्धता लुजुमले गरेको छ ।

मासिक निःशुल्क सवारी
लुजुमले आफ्ना यात्रीहरू प्रति आभार व्यक्त गर्दै आफ्ना सबैभन्दा पहिलो ५% यात्रीलाई ५ वर्षका लागि मासिक रूपमा केही निशुल्क सवारी प्रदान गर्ने बताएको छ । हरेक ६ महिनामा यात्रीहरूको नाम समीक्षा गरिनेछ ।

वार्षिक भ्रमण
लुजुमको सवारी सेवा प्रयोग गरी विश्वव्यापी पर्यटकिय गन्तव्यहरू भ्रमण गर्ने अवसर प्रत्येक महिना एक यात्री वा पार्टनरले पाउनेछन् । लुजुममार्फत सवारी गर्दा सेवाग्राहीले विशेष कोड प्राप्त गर्ने छन्, जसको सहायताले विश्वभरका विभिन्न पर्यटकिय गन्तव्यहरूको लागि दोहोरो टिकट जित्न सकिने छ ।

मोबाइल डाटा र इन्धन खर्च
लुजुमले आफ्ना पार्टनरको परिश्रम र समयको कदर गर्दछ । पार्टनरको सहजता र हौसला बढाउने हेतुले लुजुमले केही योग्य पार्टनरहरूलाई आवश्यक पर्ने मोबाइल डाटा र इन्धन खर्च दिने योजना गरेको छ । लुजुममा अब जति धेरै परिश्रम, उति नै धेरै प्रतिफल ।

बाल शिक्षा
लुजुमले आफ्ना पार्टनर साथै तिनका परिवार सशक्तिकरणमा ध्यान पुर्याउँदछ । हरेक बालकलाई उचित शिक्षाको हक हुँन्छ भन्ने धारणा बोकेकाले लुजुमले प्रत्येक महिना सर्वोत्कृष्ट पार्टनरहरू मध्ये एकको बालकको शिक्षामा सहायता पुर्याउने पहल लुजुमले गरेको छ ।

स्पट बुकिङ
लुजुमले स्पट बुकिङ भन्ने अर्को नयाँ सुविधा ल्याएको छ जसमा पार्टनरहरूले बाटोबाट तत्कालै यात्रीहरूलाई सवारी दिन सक्नेछन् । लुजुमका सेवाग्राही यात्री नभए पनि सवारी सेवा दिएर पार्टनहरूले थप बोनस पाउन सक्नेछन् ।

विदेशमा विभिन्न टेक्नोलोजी बिधा तथा अन्यमा अध्यान गरेर फर्केका युवाहरुले यसलाई सञ्चालनमा ल्याएका हुन । नेपालअटाे/लुजुमबाट

 “लुजुम” यात्रु एपकाे लागि यहाँ किलिक