महेश बस्नेत , किसान श्रेष्ठ र सर्वेन्द्र खनालकाे पनि मानवअधिकारमा उजुरी

everest kitchen


काठमाडौं । सांसद महेश बस्नेत र किसान श्रेष्ठ र पुर्व प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालकाे पनि मानवअधिकार आयाेेगमा उजुरी दिएका छन ।

जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवको अपहरणकाे आरोप लागेका उनीहरुले आफुहरु निर्दाेष भएकाे भन्दै उजुरी दिएका हुन ।

सांसद महेश बस्नेत, कृष्णकुमार श्रेष्ठ (किसान) र पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आफूहरुले सांसद यादवलाई अपहरण नगरेको भन्दै सोमबार राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएका हुन ।

यसअघि सांसद सुरेन्द्र यादव लगायतको जनता समाजवादी पार्टीका नेताहरु प्रहरी र सरकारि वकिल कार्यालयमा दिएकाे उजुरी नलिएपछि राष्ट्रिय मानवअधिकार आयाेगमा उजुरी दिएका थिए । यादवको उजुरी पछि आराेपितहरुले पनि उजुरी दिएका हुन ।

केहि दिन पहिले जनता समाजवादीका सांसद सुरेन्द्र यादवलाई नेकपा सांसदहरू महेश बस्नेत , कृष्णकुमार श्रेष्ठ (किसान ) र पूर्व आईजिपी सर्वेन्द्र खनालले महाेत्तरि बाट काठमाडौं ल्याएका थिए ।