तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिनु

everest kitchen


काठमाडौं । सरकारले तत्काल विद्यार्थी भर्ना नगर्न आग्रह गरेको छ । सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै तत्काल विद्यार्थी भर्ना र भर्नाको नाममा शुल्क नलिन भनिएको हाे ।

‘हाल सबै विद्यालयको भर्ना तथा पठनपाठन स्थगित रहेको हुँदा यस सम्बन्धमा नेपाल सरकारबाट अर्को निर्णय नभएसम्म कुनै पनि विद्यालयको कक्षा वा नयाँ भर्ना नगर्न, नगराउन, साथै भर्ना र अनलाइन कक्षाको नाममा शुल्क नलिनसमेत सूचित गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

बैशाख २५ पछि भर्ना सुरु गरेकाे र अनलाइन कक्षाकाे बहानामा शुल्क लिदै आएकाे प्रति व्यापक विराेध भएकाे थियाे ।