नेपालगन्जमा थप ७ जनामा काेराेना देखिएसंगै संक्रमितकाे सङ्ख्या ८२

everest kitchen
लकडाउनका बिच पसलमा देखिएकाे भिड । तस्बिर:श्री गुरुङ

काठमाडौ । नेपालमा थप ७ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। मङगलबार बांकेकाे नेपालगन्जमा थप ७ जनामा काेराेना देखिएकाे हाे ।

मङगलबार देखिएका सात जना संगै नेपालमा संक्रमितकाे सङ्ख्या ८२ पुगेकाे  स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिएका छन् ।

नेपालगन्जमा मंगलबार संक्रमण पुष्टि हुनेहरुमा २२, ३० र ४० वर्षीय पुरुषहरु तथा ९, ३२, ३४ र ५५ वर्षीया महिला भएको सहप्रवक्ता अधिकारीले जानकारी दिएका छन् । संक्रमित सबैको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् ।

नेपालगन्ज प्रत्येक्ष भारतीय नाकामासंग जाेडिएकाे शहरकाे हाे । यहाँ केहिदिन अघि देखि लकडाउन पालना नगरिएकाे खबर आईरहेकाे थियाे ।