मलेसियामा एक नेपालीकाे अचानक मृत्यु

everest kitchen
मृतक खापुङ । फाेटाे: दल ब राई

क्वालालम्पुर । मलेसियामा एक नेपालीकाे मृत्यु भएकाे छ । तेह्रथुम निवासी बुद्धि मान खापुङकाे साेमवार राति अचानक मृत्यु भएकाे हाे ।

बुद्धिमान बिगत १२ बर्ष देखि मलेसियामा रहेकाे र मलेसियाकाे जाेहाेरबारु स्थित मासाई भन्ने स्थानमा रेष्टुरेन्ट व्यवसाय गर्दै आएकाे व्यबसायि बल बहादुर राईले जानकारी दिए ।

राईका अनुसार खापुङ मलेसिया लामाे समय श्रमिकाे रुपमा काम गरेर रेष्टुरेन्ट व्यवसाय गर्दै आएका थिए । अबैधानिक अवस्थामा रहेका उनकाे शवलाई नेपाल पठाउन त समस्या छदै थियाे, त्यसमा पनि काेराेनाकाे कारण मलेसिया -नेपाल हवाईउडान बन्द रहेकाे अवस्थामा शव नेपाल पठाउन समस्या रहेकाे राईले बताए ।

मृतकका दाजु अमेरिकामा रहेकाे र शव व्यवस्थापन गर्नकाे लागि अमेरिकाबाट नेपाल अाउन चाहेकाे तर हवाई उडान नहुदा समस्या भएकाे छ , भने मलेसियाबाट शव नेपाल पठाउने वारे पनि अलमल भईरहेकाेले मलेसियामै अन्तिम संस्कार गर्ने की भन्ने बारे पनि छलफल भएकाे व्यबसायी राईले बताए ।

मृतककाे केहि समय पहिले देखि स्वास्थ्य समस्या रहदै आएकाे थियाे ।