३ हजार बढी नेपाली मलेसियामा राेकिए, अन्तर्राष्ट्रिय उडान खुले मात्रै नेपाल फर्कन पाउने

everest kitchen

क्वालालम्पुर । मलेसिया सरकारले भिसा अवधि सकिएकालाई स्वदेश फर्कन दिने भएकाे छ । भिषा सकिएर अभाेरस्टे बसेका र कन्ट्याक्ट् अबधि सकिएर घर जना तयारीमा रहेका विदेशीलाई घर फर्किने समयअघि ताेकेकाे हाे ।

मलेसियाले गत जनवरी १ देखि भिसा सकिएकालाई आउँदो मे १२ देखि २६ तारिखसम्म प्रक्रिया पुरा गरि स्वदेश फर्किन समय दिइएको मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले जानकारी दिएका छन । यधपी नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ला नगरेसम्म मलेसियाबाट नेपाल जान सम्भव नभएकोले परराष्ट्रमन्त्रालयमा मलेसियाबाट फर्किनुपर्ने नेपालीलाई फर्कन व्यवस्था गर्न आग्रह गरि पठाएको राजदूत पाण्डेले बताए । उनका अनुसार मलेसियामा करिब ३ हजार बढि नेपाली स्वदेश फर्कने तयारीमा रहेका छन ।

त्यस्तै मलेसियाले जनवरी -१ पछि भिषा सकिएलाई मे-१२ देखि मे-२६ सम्म समयअबधि राखेर घर फर्कन दिने बताएको छ । तर याे भन्दा पहिलेका ओभर स्टे र भिषा सकिएलाई पनि फर्किन दिने नदिने के -कस्तो निति लिएकाे छ भन्ने बारे अझै सम्पूर्ण जानकारी नभएकाे र यस सम्बन्धका बारेमा मलेसिया सरकार संग थप छलफल गरिर स्पष्ट पारिने राजदूत पाण्डेले हिमाल टाईम्सलाई बताए ।

यस्तै घर फर्कन नपाएर खाध्यान्न अभाव झेलेका श्रमिकहरु थुप्रै रहेका छन । यस्ताे समस्या रहे के गर्ने भन्ने “हिमाल टाईम्सकाे प्रश्नमा राजदूत पाण्डेले भने ” त्यस्ता समस्या भएका नेपालीले दुतावासमा सम्पर्क गर्नुपर्छ । सकेसम्म कम्पनीबाट समस्या समाधान गरिने , यदि कम्पनीले पनि समस्या समाधान नगरेमा दुतावासले खाध्यान्नकाे समाधान गर्नेछ । मलेसियामा ख्यान्न समस्य भए दुतावासमा सम्पर्क गर्नुहाेस उनलेे भने ।

नेपाल सरकारले आगामी जेठ तीन सम्म अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेकाे छ । यधपी विदेशमा रहेका अलपत्र नेपालीलाई स्वादेस फर्काउने बारे परराष्टले छलफल चलाएपनि ठाेस याेजना भने अघि सारि सकेकाे छैन ।

मलेसियामा हालसम्म ९ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ, भने ३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०५ रहेकाे छ । ६ हजार ३५३ जनामा संक्रमण रहेकाेमा ४ हजार ४८४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

यस्तै मलेसियामा आज देखि एमसिओ खुकुलो पारिएकाे छ । एमसिओ खुकुलो भएसंगै रेष्टुरेन्ट , पसल , कारखाना, रेमिट्यान्सहरु सञ्चालनमा आएका छन ।