काेराेना: मलेसियामा मंगलबार थप एक जनाकाे मृत्यु , ३० जना नयाँ संक्रमित

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०६ पुगेकाे छ । आज मङगलबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १०६ पुगेकाे हाे । गएकाे साेमवार एक जनाकाे पनि मृत्यु भएकाे थिएन ।

हालसम्म मलेसियामा ६ हजार ३८३ जनामा संक्रमण देखिएकाेमा ४ हजार ५६७ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म २४ जना गम्भीर बिरामी रहेका छन भने मंगलबार  थप ३० जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार उन्मुख रहेकाे देखाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ५२ हजार ५७३ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३६ लाख ५१ हजार १०३ जनामा संक्रमण रहेकाे छ । १२ लाख ३ हजार ४०४ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने १६ जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन ।