एसईई को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह

everest kitchen
photo file

काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गानाइजेसन नेपाल (प्याब्सन)ले माध्यमिक शिक्षा परीक्षा (एसईई) को ग्रेड निर्धारण आन्तरिक परीक्षाबाटै गर्न आग्रह गरेको छ ।

विश्व भरि फैलिएको काेराेना महामारीले गर्दा परीक्षा सञ्चालन गर्ने अवस्था नभएको भन्दै मंगलबार विज्ञप्तीमार्फत प्याब्सनले यस्तो आग्रह गरेको हाे । विद्यालयहरूले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड शिट र प्रमाणपत्र दिने व्यवस्था गर्न प्याब्सनले एक विज्ञप्तीमा मार्फत आग्रह गरेकाे छ । उसले कानुनी अडचन फुकाएर यस्तो निर्णय गर्न सुझाएकाे हाे ।

चैतकाे पहिलो साताका लागि तय भएको एसईई परीक्षा कोरोना भाइरसका कारण अन्तिम समय स्थगित भएको थियो ।