काेराेना: विश्वभरि २ लाख ५२ हजारकाे मृत्यु , अमेरिकामा मात्रै ६९ हजार

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ५२ हजार ९५० पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३६ लाख ६५हजार ४०३मा देखिएकाे संक्रमित मध्ये १२ लाख ६ हजार ३१४ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ६९ हजार ९२५ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म १२ लाख १३ हजार १० जनामा संक्रमण देखिएकाेमा ९ लाख ५५ हजार १७ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

त्यस्तै ईटलीमा हालसम्म २९ “हजार ७९जनाले ज्यान गुमाएका छन, भने २ लाख ११हजार बढिमा देखिएकाे संक्रमणमध्ये अझै ९९ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ४८ हजार ३०१ मा काेराेना संक्रमित हुदा २५ हजार ४२८ जनाले ज्यान गुमाएका छन ।

अमेरिका, ईटाली पछि धेरै मर्नेकाे सङ्ख्यामा संयुक्त अधिराज्य युके, बेलायत तेस्रो स्थानमा रहेकाे छ । बेलायतमा हालसम्म २८ हजार ७३४जनाले ज्यान गुमाएका छन । बेलायतमा १ लाख ९० हजारबढिमा संक्रमण मध्ये १ लाख ६१ हजार बढिमा संक्रमण सक्रिय रहेकाे छ ।

फ्रान्समा २५ हजार २०१ ले जनाले ज्यान गुमाउदा , १ लाख ६९ हजार बढिमा संक्रमण देखिएकाे छ । फ्रान्समा अझै ९२ हजारमा काेराेना संक्रमण सक्रिय रहेकाे देखिन्छ ।

सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने ३९५ जना उपचाररत छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ८२ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये १६ जनाले स्वास्थ्य लाभ गरिसकेका छन ।