लकडाउन थप्ने बारे मन्त्री परिषद बैठक बस्दै

everest kitchen
Photo:file

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्न बुधबार मन्त्रिपरिषद बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने छ ।

यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार कम्तिमा एक साता लकडाउन थपिने मन्त्रिपरिषद स्रोतले बताएकाे छ ।

सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेकाे थियाे । यसअघि अन्तिम सम्म थपेकाे लकडाउन बैशाख -२५ मा सकिदैछ ।