बिराटनगरबाट ६ जना काेराेना संक्रमित डिस्चार्ज

everest kitchen


काठमाडौं । काेशी अस्पताल काेराेना उपचार केन्द्र बिराटनगरमा उपचाररत ६ मंगलबार डिस्चार्ज भएका छन ।

त्यहाँ उपचाररत ३१ जना मध्ये ६ जनाकाे नमुना नेगेटिभ आएपछि उनीहरुलाई फुलमाला सहित बिदाई गरिएकाे हाे । उनले गत वैशाख ५ र ६ गते उदयपुरको भुल्काबाट ल्याइएका १३ सङ्क्रमितमध्ये छ जनाको तीन चरणको थ्रोट स्वाब परीक्षण(पिसिआर) गर्दा नेगेटिभ रिपोर्ट आएको अस्पतालले पुष्टि गरेपछि डिस्चार्ज गरिएकाे बताएको छ ।

उनीहरु सबै भारतीय नागरिक पुरुषहरु हुन् । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरुलाई १० वटा बेड र १० वटा साैचालय भएकाे मस्जिदमा राखिने बताएको छ ।