कतारकाे आप्रवासी श्रमिकको प्रमुख गन्तव्य सनैयामा लकडाउन खुला

everest kitchen
कतारकाे सनैया क्षेत्र । photo: google file

दाेहा । कतारकाे सनैया क्षेत्रलाई करिब महिना पछि खुला गरिएकाे । काेराेना राेकथाम तथा नियन्त्रण गर्न करिब  डेढ महिना अघि लगाईएकाे लकडान बुधबार देखि खुला गरिएकाे हाे ।

लाखौं  आप्रवासी कामदारको प्रमुख गन्तव्य स्थान सनैयाका केहि मापदण्ड तय गरेर लकडाउन खुलाईएकाे कतारि सञ्चार मन्त्रालयले जनाएकाे छ । मन्त्रालयका  अनुसार सनैया क्षेत्रमा भित्रिने र बाहिरिने सम्बन्धी नयाँ मापदण्ड लागू गरी लकडाउन हटाइएको हो ।

सनैयाको केही क्याम्पमा कोरोना संक्रमित भेटिएपछि उक्त क्षेत्र  लकडाउन गरिएको थियाे , भने जोखिमूर्ण रुपमा रहेका ६ हजार ५ सय आप्रवासी श्रमिकलाई क्वोरन्टाइनमा राखेपछि काेराेना राेकथाम तथा नियन्त्रण सम्बन्धि  भित्रिने र बाहिरिने कुरामा नयाँ मापदण्ड लागु गरि सनैयालाई सुचारु गर्न थालिएकाे बताएको छ ।

सनैयामा राेजगारदाता कम्पनीले सरकारबाट अनुमानि लिई, मापदण्डकाे पालन गरेर काम सुचारू गर्न पाउनेछन् ।

कतारमा हालसम्म १७ हजार १४२ जनामा संक्रमण पुष्टि भएकाेमा १५ हजार २०६ जनाले स्वाथ्य लाभ गरेका छन भने , १२ जनाले ज्यान गुमाएका छन ।