नेपालमा आगामी जेठ ५ गतेसम्मका लागि लकडाउन थप

everest kitchen
Photo:file

काठमाडौं । लकडाउन लम्ब्याउनेबारे निर्णय गर्दै बुधबार बसेकाे मन्त्रिपरिषद बैठकले आगामी जेठ ५ गते सम्मका लागि लकडाउन थप गरेकाे छ । बुधबार बिहान ११ बजे देखि बालुवाटारमा बसेकाे बैठकले यस्तो निर्णय गरेकाे हाे ।

यसअघि मंगलबार कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले लकडाउन जारी राख्न सरकारलाई सुझाव दिएको थियो । समितिको सुझावअनुसार मन्त्रिपरिषद बैठक जेठ ५ गतेसम्म लकडाउन थप गरेकाे स्रोतले बताएकाे छ ।

सरकारले गत चैत ११ देखि लकडाउन सुरु गरेकाे थियाे । यसअघि अन्तिम सम्म थपेकाे लकडाउन बैशाख -२५ भाेलि सकिदै थियाे ।