मलेसियामा काेराेनाकाे कारण मर्नेको सङ्ख्या १ सय ७ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ७ पुगेकाे छ । आज बुधबार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ७ पुगेकाे हाे । गएकाे मङगलबार एक जनाकाे मृत्यु भएकाे थियाे ।

हालसम्म मलेसियामा ६ हजार ४२८ जनामा संक्रमण देखिएकाेमा ४ हजार ७०२ जनाले स्वास्थ्य लाभ गरेका छन । हालसम्म २२ जना गम्भीर बिरामी रहेका छन भने आईतवार थप ४५ जना संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार उन्मुख रहेकाे देखाउछ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ५८ हजार ५११ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३७ लाख ४१ हजार २७६ जनामा संक्रमण रहेकाे छ । १२ लाख ४७ हजार ४३३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म ८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने २२जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन । यधपी केहिमा संक्रमण पुनः देखिएकाे छ ।