काेराेना निकाे भएका तीन पुरुषमा पुन: पाेजेटिभ

everest kitchen
फाेटाे:फाईल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डिस्चार्ज भएर घर फर्केका पेप्सीकोला सनसिटिका ५८ वर्षीय पुरुषमा पुनः काेराेना  पोजिटिभ  देखिएकाे छ ।

उनी वैशाख ११ गते डिस्चार्ज भएर घर फर्केका थिए ।

त्यस्तै वीरगन्जकाे नारायणी अस्पतालबाट काेराेना निको भएर घर फर्केका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएको छ । १९ वर्षीय र ४४ वर्षीय पुरुषमा फलोअपमा पुनः परीक्षण गर्दा पोजिटिभ आएको हो ।

उनीहरू सबैकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएको छ । उनीहरुलाई पुनः अस्पताल भरना गरिएकाे छ ।

नेपालमा हालसम्म ९९ जनामा काेराेना संक्रमित रहेकाेमा २२ जनाले स्वास्थ्य लाभ गरेकामा फेरि तीन जनामा पुनः संक्रमण देखिएकाे हाे ।