सांसदहरूकाे काेराेना परिक्षण सुरु

everest kitchen


काठमाडौं । प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुमा आजबाट कोरोना भाइरस संक्रमण भए-नभएको परीक्षण सुरु गरिएकाे छ ।

शुक्रबारदेखि संघीय संसदको वर्षे अधिवेशन सुरु हुने भएकाले सांसदहरुको स्वास्थ्य परीक्षण गर्न लागिएको हो ।

राष्ट्रिय सभा सांसदहरु र प्रतिनिधिसभा सांसदहरुको पीसीआर प्रविधिबाट कोरोना परीक्षण हुने भएकाे छ ।

सांसदहरुकाे स्वाब सङ्कलन पछि कर्मचारी , मर्यादापालक र पत्रकारहरुकाे स्वाब सङकलन गरेर परिक्षण गरिने बताएको छ ।