काेराेना: विश्वभरि ३८ लाख २२ हजार बढी संक्रमित हुदा, १३ लाख बढि निकाे भए

everest kitchen

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या २ लाख ६५ हजार १२२ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४८ हजार बढि गम्भीर बिरामी रहेका छन ।

अहिलेसम्म विश्वभर ३६८लाख २२ हजार ३१६ मा देखिएकाे संक्रमित मध्ये १३ लाख ३ हजार ८५८ जनाले स्वास्थ्य लाभ गरेकाे विश्व स्वास्थ्य संगठनले जनाएको छ । काेराेनाकै कारण सबैभन्दा बढि मृत्यु अमेरिकामा भएकाे छ । अमेरिकामा हालसम्म ७४ हजार ८०९ जनाकाे मृत्यु भईसकेकाे छ । अमेरिकामा हालसम्म १२ लाख ६३ हजार २२४ जनामा संक्रमण देखिएकाेमा ९ लाख ७५ हजार ३०६ जनामा सक्रिय संक्रमण रहेकाे छ ।

त्यस्तै ईटलीमा हालसम्म २९ “हजार ६८४ जनाले ज्यान गुमाएका छन, भने २ लाख १४ हजार बढिमा देखिएकाे संक्रमणमध्ये अझै ९१ हजार बढिमा संक्रमण सक्रिय देखिएकाे छ ।

विश्वकै दाेस्राे संक्रमित रहेकाे सपेनमा २ लाख ५३ हजार २२४ मा काेराेना संक्रमित हुदा २५ हजार ८५७ जनाले ज्यान गुमाएका छन ।

अमेरिका पछि धेरै मर्नेकाे सङ्ख्यामा संयुक्त अधिराज्य युके, बेलायत दाेस्राे स्थानमा रहेकाे छ। बेलायतमा हालसम्म ३० हजार ७६ जनाले ज्यान गुमाएका छन । बेलायतमा २ लाख १ हजार बढिमा संक्रमण मध्ये १ लाख ७० हजार बढिमा संक्रमण सक्रिय रहेकाे छ ।

फ्रान्समा २५ हजार २०१ ले जनाले ज्यान गुमाउदा , १ लाख ६९ हजार बढिमा संक्रमण देखिएकाे छ । फ्रान्समा अझै ९२ हजारमा काेराेना संक्रमण सक्रिय रहेकाे देखिन्छ ।

सुरुवाती चपेटा झेलेकाे चीनमा हालसम्म मर्नेको सङ्ख्या ४ हजार ६ सय ३३ रहेको छ भने २९५ जना उपचाररत छन ।

विश्वभरि फैलिएको काेराेनाकाे नेपालमा हालसम्म ९९ जनामा संक्रमण पुष्टि भएकाे छ । ती मध्ये २२ जनाले स्वास्थ्य लाभ गरिसकेका छन । यधपी तीन जनामा पुनः संक्रमण देखिएकाे छ ।