मलेसियामा एकैदिन ९ जना नेपालीमा काेराेना पुष्टि

everest kitchen

क्वालालम्पुर । मलेसियामा एकैदिन ९ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

मलेसियाकाे राजधानी क्वालालम्पुर नजिकै रहेकाे चेरास स्थित एक सपिङ सेन्टरमा काम गर्ने सेक्युरिटि गार्डहरूलाई काेराेना पुष्टि भएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उपचाररत रहकाेे बताएको छ । उनीहरू संगै एक मलेसियनलाई पनि संक्रमण देखिएकाे थियाे ।

उनीहरुमा संक्रमण देखिएपछि अन्य साथिहरु र सम्पर्कमा आएकाेे कन्ट्याक्ट् ट्रेसिङ सुरु गरिएकाे छ ।

याे संगै मलेसियामा संक्रमित नेपालीको सङ्ख्या १८ पुगेकाे छ भने तीन जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।