मलेसियामा भिसा नियमित गर्नुपर्नेले अनलाइनबाट मात्रै आवेदन दिनुपर्ने

everest kitchen

क्वालालम्पुर । मलेसिया सरकारले भिसा अवधि सकिएकालाई स्वदेश फर्कन दिने भएकाे छ । भिसा सकिएर अभाेरस्टे बसेका र कन्ट्याक्ट् अबधि सकिएर घर जना तयारीमा रहेका विदेशीलाई घर फर्किने समयअघि ताेकेकाे हाे ।

मलेसियाले गत जनवरी १ देखि भिसा सकिएकालाई मलेसियाले लागु गरेकाे आवागमन नियन्त्रण आदेश (एमसिओ) खुलेकाे १४ दिनपछि अर्थात आउँदो मे १२ देखि २६ तारिखसम्म कुनै राेकताेक बिना स्वदेश फर्कन दिइएको नेपाली दुतावास मलेसियाले एक सुचना जारि गर्दै जानकारी दिएकाे हाे । जनवरी १ यता भिषा तथा पास सकिएका व्यक्तिले अध्यागमनबाट कुनै किसिमकाे पास तथा कागजात नबनाई साथै कुनै जरिवाना समेत नतिरी स्वदेश फर्कन पाउनेछन ।

यधपी मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेका अनुसार नेपालमा अन्तर्राष्ट्रिय उडान खुल्ला नगरेसम्म मलेसियाबाट नेपाल जान सम्भव नभएकोले परराष्ट्रमन्त्रालयमा मलेसियाबाट फर्किनुपर्ने नेपालीलाई फर्कन व्यवस्था गर्न आग्रह गरि पठाएको राजदूत पाण्डेले बताए ।

त्यस्तै मलेसियमा एमसिओ लागु हुनुभन्दा अगाडि र एमसिओ अबधि भिषा सकिएका तर भिषा नियमित गर्नुपर्नेहरुले भने अध्यागमनमा उपस्थिति नभई अनलाइन बाट समय (appointment ) लिनुपर्छ । अध्यागमन बिभागकाे मुख्यालय पुत्राजयाबाट आवेदन दिनेले www.powerq.my वा powerq माेवाईल एप र अन्यत्रबाट आवेदन दिनुपर्नेले https://sto.imi.gov.my मा गएर समय लिनुपर्नेछ ।

यसरी अग्रिम समय अनुमति नलिई स्वयं उपस्थिति भएर आवेदन दिदा आवेदन नलिने हुदा राेजगारदाता कम्पनीको सहयोग लिन नेपाली दुतावास मलेसियाले जानकारी गराएको छ ।