रेलले किच्दा १६ जना मजदुरकाे मृत्यु

everest kitchen
photo file

ऐजेन्सि । भारतको महाराष्ट्र राज्यको औरंगाबादमा मालवाहक रेलले किच्दा १६ प्रवासी मजदुरको मृत्यु भएको छ ।

शुक्रबार बिहान भएको दुर्घटनामा १४ जनाको घटनास्थलमै र २ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । दुर्द्घटनामा एक जना गम्भीर घाइते भएको र तीन जना भाग्न सफल भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन ।

मध्य प्रदेश जाने ‘श्रमिक स्पेसल’ रेल भेट्टाउन भुसवालतर्फ पैदल हिँडेका ती मजदुर थाकेपछि रेल्वे ट्रयाकमै सुतेको बताइएको छ । ती श्रमिकले एक स्टिल कारखानामा काम गर्ने गरेकाे बताएको छ ।

उक्त घटना प्रति भारतीय प्रधानमन्त्रीले ट्विट गर्दै दु:ख व्यक्त गरेका छन । दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका परिवारलाई मध्य प्रदेश सरकारले ५ लाख भारतीय रुपैयाँका दरले सहयोग गर्ने घोषणा गरेको छ ।