आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु

everest kitchen

काठमाडौं । आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोनाभाइरसको महामारीको बीचमा सुरक्षा सतर्कता अपनाउदै संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो ।

आजकाे बैठकमा नियमित एजेन्डा र अतिरिक्त दलहरुले शुभकामना दिने छन । काेराेना महामारीको जाेखिमलाई ध्यानमा राखेर सांसदहरुकाे बस्ने कुर्चीहरुबीच अन्तर , मास्क, संसद भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुन पानीले हात धुने, बोल्ने बेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको सभामुख अग्निप्रसाद सापकोटाले सञ्चारमाध्यमलाई जानकारि दिए ।

बिहिवार नै सांसदहरुकाे स्वाब सङकलन गरि काेराेना परिक्षण गरिएकाे थियाे ।

त्यस्तै आगामी बैशाख २८ गते बस्ने प्रतिनिधिसभा र राष्ट्रियसभामा अर्थमन्त्री युवराज खतिवडाले बजेटकाे सिद्धान्त र प्रथामिकता प्रस्तुत गर्ने छन भने बैशाख २९ र ३० गते उक्त विषयमा छलफल चल्ने बताएको छ ।

जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन भने जेठ ४ गते छलफल हुनेछ ।

यस्तै जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामि आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने छन , भने जेठ १५ गते आर्थिक वर्ष २०७७÷०७८ को बजेट प्रस्तुत हुने बताएको छ ।