मलेसियामा फेरि थप २५ जना नेपालीमा काेराेना संक्रमण

everest kitchen
सांकेतिक गुगल फाईल फाेटाे

मलेसिया । राम्बाउ मलेसिया स्थित एक फ्याक्ट्रिमा काम गर्ने विदेशि कामदारहरूमा काेराेना संक्रमण देखिएकाे छ । जसमा २५ जना नेपाली रहेका छन् ।

फ्याक्ट्रिमा काम गर्ने एक जना कामदारमा ज्वराे, खाेकि, सास फेर्न गाह्राे हुने लक्षण देखिएपछि जाँच गर्न हस्पिटल लगिएकाे थियाे । जसलाई जाँच गर्दा काेराेना देखिएकाे थियाे ।त्यसपछि त्यहा अवस्थित अरूलाई पनि जाँच गर्दा काेराेना देखिएकाे थियाे ।

काेराेना देखिने विदेशि कामदारहरूमा नेपाली २५ जना छन् भने, १८ जना बंगलादेशि, ८ जना ईन्डाेनेसियन र २ जना म्यानमार रहेका छन् ।

यसअघि मलेसियामा १८ जना नेपालीमा काेराेना पुष्टि भैसकेको छ , भने ३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन ।