काेराेना : मलेसियामा शुक्रबार मर्नेकाे सङ्ख्या शुन्य, थप २५ जना नेपालीमा संक्रमण

everest kitchen

क्वालालम्पुर । मलेसियामा काेराेनाकाे कारण शुक्रबार एकजनाकाे पनि मृत्यु भएकाे छैन, भने नयाँ संक्रमितकाे सङ्ख्या ६८ जना रहेकाे छ । नयाँ संक्रमित मध्ये २५ जना नेपालीहरु रहेका छन ।

मलेसियामा हालसम्म काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १०७ रहेकाे छ । हालसम्म ६ हजार ५३५ जनामा संक्रमण रहेकाेमा ४ हजार ८६४ जनाले स्वास्थ्य लाभ गरेका छन भने, “१८ जना गम्भीर बिरामी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ७० हजार ८८५ रहेकाे छ भने संक्रमितको सङ्ख्या ३९ लाख ३० हजार ९५९ जनामा संक्रमण रहेकाे छ । १३ लाख ४८ हजार ६५३ जनाले स्वास्थ्य लाभ गरेका छन ।

मलेसियामा हालसम्म शुक्रबार थप २५ जनासहित ४३ जना नेपालीमा काेराेना संक्रमण पुष्टि भएकाे छ । भने तीन जनाले स्वास्थ्य लाभ गरि सकेका छन । बांकी स्वास्थ्य अवस्था सामान्य रहेकाे बताएको छ ।

नेपालमा अहिलेसम्म १०१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३० जना डिस्चार्ज भएकामा ३ जनामा पुनः काेराेना देखिएकाे हाे ।

यस्तै मलेसियामा अएकाे मे-४ देखि एमसिओ खुकुलो पारिएकाे छ । एमसिओ खुकुलो भएसंगै रेष्टुरेन्ट , पसल , कारखाना, रेमिट्यान्सहरु सञ्चालनमा आएका छन ।