भारतकाे अतिक्रमण विरुद्ध एकतावद्ध संघर्षका लागि तयार रहन अपिल

everest kitchen

काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी सम्बद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाले भारतीय अतिक्रमणको विरोधमा जुट्न अपील गरेको छ ।

माेर्चाले भारतले गरेको यो अतिक्रमणका बिरुद्ध एकतावद्ध संघर्ष गर्नका लागि तयार रहन अपील गरेकाे छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाली भूमि लिपुलेकमा भारतीय सेनाले सडक बनाउँदै छ भन्ने जानकारी सहित आफूहरुले उक्त काम रोक्न नेपाल सरकारलाई पटक पटक ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएको बताएका हुन।

भारतले नेपाली भूमि दार््चुुला, कालापानी, लिपुलेक हुँदै चीनको तिब्बतस्थित धार्मिकस्थल मानसरोवर जाने सडकमार्ग खोलेको छ । नेपाली पक्षसँग कुनै सल्लाह नगरी एकतर्फी रूपमा निर्माण गरिएको उक्त सडक शुक्रबार भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका हुन् ।