भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको परराष्ट्रकाे आग्रह

everest kitchen

काठमाडौं । नेपाल सरकार परराष्ट्र मन्त्रालयले शनिबार विज्ञप्ति जारी गर्दै भारतले नेपाली भूमिमा गर्दै आइरहेको गतिविधि रोक्नको लागि आग्रह गरेको हो ।

परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारि गर्दै भारतले नेपाली भूमि लिपुलेकमा सडक निर्माण गरेर शुक्रबार उद्घाटन गरेकोमा दु:ख व्यक्त गरेकाे छ । विज्ञप्ति मार्फत नेपाल सरकारले सुगौली सन्धी (सन् १८१६) अनुसार आफ्ना गतिविधि गर्दै आएको छ । पूर्वमा काली (महाकाली) नदी यताका सम्पूर्ण भूभागहरु लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालका भूभाग भएकाे उल्लेख गरेकाे छ ।

नेपाल सरकार ऐतिहासिक सन्धी, दस्तावेजहरु, तथ्यहरु र नक्साहरुलाई राखेर नजिकको मित्रसँग मिलेर कुटनीतिक माध्यममार्फत सीमानाको समस्यालाई समाधान गर्न चाहन्छ,’ परराष्ट्रले विज्ञप्तिमा भनेको छ ।

परराष्ट्रले नेपाललाई जानकारी नदिई नेपाली भूमिमा सडक बनाउने यस्तो काम दुई मुलुकका प्रधानमन्त्री तहमा सीमाना विवादलाई आपसी कुराकानीमा टुंगो लगाउने सम्बन्धमा भएको सहमतिविपरित रहेको पनि जनाएको छ । ‘

सन २०१९काे नोभेम्बरमा भारतले यी भूभागहरु आफ्नो क्षेत्रमा पर्ने गरी नयाँ राजनीतिक नक्सा निकालेको थियो ।
‘यस विषयमा नेपाल सरकारले भारत सरकारलाई कुटनीतिक नोटमार्फत् सम्वोधन गर्दै आएको छ।

यधपी भारतीय पक्षबाट अहिलेसम्म कुनै पनि सम्बाेधन भएकाे छैन ।