भुल्केमा थप १ जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय १०

everest kitchen


काठमाडौ । उदयपुरको त्रियुगा नगरपालिका- ३ भुल्केमा फेरि थप एक जनामा कोरोना संक्रमण देखिएकाे छ ।

भुल्के स्थित एक ४३ बर्षीया महिलामा काेराेना देखिएकाे हाे । उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे कोशी अस्पताल विराटनगरकी मेडिकल सुपरिटेण्डेन्ट डाक्टर संगीता मिश्राले जानकारी दिइन्  ।

याे संगै नेपालमा १ सय १० जनामा काेराेना पुष्टि भएकाे छ भने, ३० जना डिस्चार्ज भएकामा ३ जनामा पुनः काेराेना देखिएकाे छ ।