३४ केजी गाँजा बरामद गरेपछि प्रहरीकाे गाडीमा स्थानीयकाे ढुंगामुढा

everest kitchen
photo file

काठमाडौं । राप्ती नगरपालिका-१२ धनमाग गैरी भन्ने ठाउँबाट अवैध ३४ केजी लागूऔषध गाँजा शुक्रबार दिउँसो प्रहरीले बरामद गरेको छ ।

उक्त ठाउँमा लागूऔषध लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय टाँडी चितवनबाट खटिएको प्रहरीले उक्त परिमाणको लागूऔषध फेला पारी बरामद गरेको प्रहरीले जनाएको छ।

साथै प्रहरीले उक्त गाँजा बरामद गरी सोही नगरपालिकास्थित सिखर वस्ती भन्ने ठाउँमा आईपुग्दा स्थानीयवासीले ढुंगा प्रहार गर्दा प्रहरीले प्रयोग गरेका २ वटा गाडीका सिसा फुट्नुको साथै वडीमा समेत क्षति पुगेको प्रहरीले बताएको छ ।

तोडफोडमा संलग्न ४ जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।