कर्णाली प्रदेशका मुख्यमन्त्री शाही हेलिकप्टर लिएर अनुगमन हिडेपछि

everest kitchen

काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राई पछि कर्णाली प्रदेशका मुख्यमन्त्री हेलिकप्टरमा अनुगमन भन्दै हिडेपछि टिकाटिप्पनी सुरु भएकाे छ ।

आईतवार बिहान कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतको टाेली वीरेन्द्रनगरबाट जुम्ला हिडेकाे थियाे । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रणको लागि गरेको तयारीबारे अनुगमन गर्न उनीहरू सुर्खेतबाट हेलिकप्टरमा गएकाे बताएको छ ।

टाेलीमा सामाजिक विकास मन्त्री दल रावल, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव टेकनारायण पाण्डे, प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक रिता भण्डारी (जोशी) हेलिकप्टरमा जुम्ला पुगेका थिए ।

मुख्यमन्त्रीकाे टाेली हेलिकप्टरमा जुम्ला पुगेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गर्नुकासाथै स्थानीय निकायका जनप्रतिनिधि संग छलफल र काेराेना संग लडन निर्देशन दिएकाे थियाे ।

मुख्यमन्त्री लगायतकाे टाेलि अनावश्यक हेलिकप्टर सयर गरेकाे भन्दै सामाजिक सञ्जालमा आलोचना भएकाे छ ।

यसअघि पनि प्रदेश एकका मुख्यमन्त्री शेरधन राईले काेराेना प्रभावित क्षेत्रमा हेलिकप्टर चार्टर गरेर भ्रमण गरेका थिए ।