चट्याङबाट आगलागी , लाखौंको क्षति

everest kitchen

अर्घाखाँची । सन्धिखर्क नगरपालिका-८ किमडाँडा बस्ने खिम बहादुर पाण्डेको गाई फारममा आइतबार बिहान चट्याङको कारण आगलागी हुँदा करिब ४ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

आगलागीबाट गाई फारम, घाँस काट्ने मेशिन, पानी तान्ने मोटर, हाते ट्याक्टर र दाना लगायत जलेर उक्त रकम बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।