नेपालमा थप १० जनामा काेराेना, संक्रमितकाे सङ्ख्या १ सय २० पुग्याे

everest kitchen


काठमाडौ । कपिलवस्तुमा थप नयाँ १० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।

कपिलवस्तु जिल्लाकाे यशाेधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका -७ र १० निवासी वर्ष १८, १९, २०, २०, २४, ३०, ३१, ३४,३४ र अर्का एक बर्ष नखुलेको पुरुषमा काेराेाा संक्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

उनीहरूकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरू स्वास्थ्यकर्मीकाे सम्पर्कमा रहुकाे मन्त्रालयले जानकारी दिएकाे छ ।

याे संगै नेपालमा संक्रमितको सङ्ख्या १ सय२० पुग्याे भने ३० जना डिस्चार्ज भएकाेमा तीन जनामा पुनः काेराेना देखिएको छ ।