काेराेना प्रकाेप : मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुग्याे

everest kitchen


क्वालालम्पुर । काेभिड-१९ बाट मलेसियामा मर्नेकाे सङ्ख्या १ सय ९ पुगेकाे छ । आज साेमवार थप १ जनाकाे मृत्यु भएपछि मृत्यु हुनेकाे सङ्ख्या १ सय ९ पुगेकाे हाे ।

हालसम्म मलेसियामा ६ हजार ७२६ जनामा संक्रमण देखिएकाेमा ५ हजार ११३ जनाले स्वास्थ्य लाभ गरेका छन । शनिबार थप ७० जना नयाँ संक्रमित थपिएकाे मलेसियन स्वास्थ्य मन्त्रालयले जनाएको छ । याे तथ्यांक अनुसार मलेसियामा सुधार स्थिर रहेकाे देखाउछ ।

हालसम्म मलेसियामा ५१ जना नेपालीमा संक्रमण पुष्टि भएकाे छ , भने ३ जनाले स्वास्थ्य लाभ गरि सकेका छन । काेराेनाकाे कारण मलेसियामा कुनै नेपालीको पनि ज्यान गएकाे छैन ।

याे समाचार तयार पार्दासम्म विश्व महामारीको रुप लिएकाे काेराेनाकाे कारण विश्वभरि मर्नेकाे सङख्या २ लाख ८४ हजार ३४ रहेकाे छ भने संक्रमितको सङ्ख्या ४१ लाख ९६ हजार ७८४ जनामा संक्रमण रहेकाे छ । १५ लाख ९३ हजार ३८५ जनाले स्वास्थ्य लाभ गरेका छन ।

नेपालमा अहिलेसम्म १ सय २१ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ भने ३० जना संक्रमितले स्वास्थ्य लाभ गरेका छन । यधपी तीन जनामा संक्रमण पुनः देखिएकाे छ