डिस्चार्ज हुनेकाे सङ्ख्या ३३ पुग्याे

everest kitchen


काठमाडौँ ।नेपालमा थप दुई जना कोरोनाभाइरस संक्रमित निको भएर घर फर्किएका छन् ।

घर फर्किनेहरुमा कोशी अञ्चल अस्पतालमा उपचाररत भोजपुरका २६ वर्षीय पुरुष र झापा र ४८ वर्षीय पुरुष रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिई ।

उनीहरुको दुईवटा पीसीआर परीक्षणमा नेगेटिभ आएपछि डिस्चार्ज गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा निको हुने संक्रमितको संख्या ३३ पुगेको छ ।