आईतवार मात्रै एकैदिन तीन जना मृत फेला

everest kitchen

काठमाडौ । देशभरि बिभिन्न स्थानमा तीन जना मृत फेला परेका छन । काठमाडौं , नुवाकोट र पाेखरामा तीन जना पुरुष अज्ञात तरिकाले मृत फेला परेका हुन ।

कठमाडौं काठमाडौंमा एक जना पुरुष मृत फेला परेका छन । अाईतबार बिहान एक ५० बर्षिया सानुराज गुरुङ मृत फेला परेका हुन ।

तारकेश्वर नगरपालिका-११ मनमैजुस्थित सडकमा गोरखा घर भएका ५० वर्षीय सानुराज गुरुङ आइतबार बिहान मृत अवस्थामा फेला परेकाे प्रहरीले जनाएको छ ।

घटना के कसरि घटकेकाे हाे , भन्ने बारे अनुसन्धान भईरहेकाे प्रहरीले जनाएको छ।

नुवाकोट, विदुर नगरपालिका-९ आँबुटारस्थित अधेरी खोलामा किस्पाङ गाउँपालिका-५ अर्चले घर भई हाल लिखु गाउँपालिका-१ ढिकुरे बस्ने २१ वर्षीय कृष्ण भट्ट भन्ने दयानिधी भट्ट आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

कास्की, पोखरा महानगरपालिका-६ लेकसाईड हल्लन चोकस्थित फेवातालमा सोही  महानगरपालिका-१८ सराङकोट बस्ने ४० वर्षीय राजु बास्तोला आइतबार बिहान मृत अवस्थामा फेला परेका छन् ।