कपिलवस्तु र रुपन्देहीमा थप १३ जनामा काेराेना पुष्टि, संक्रमित १ सय ३४ पुगेे

everest kitchen

काठमाडौं । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ३४ पुगेकाे छ । कपिलवस्तुमा थप १३ जनामा काेराेना संक्रमण पुष्टि भए संगै संक्रमितको सङ्ख्या १ सय ३४ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु यसाेधरा गाउँपालिका-८ र बुद्धभूमी नगरपालिका-७ निवासी वर्ष १५, १९, २३, ३०, ३२ र ३८ पुरुष र रुपन्देहीकाे समरिमाई गाउँपालिका -७ र लुम्बिनी सांस्कृतिक गाउँपालिका-६ निवासी २४, २६, २७, ३०, ३२ र ४० वर्षिया पुरुषहरुमा काेराेना पुष्टि भएकाे हाे ।

उनहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरूलाई हस्पिटल ल्याउने तयारि भएकाे बताएको छ ।

हालसम्म नेपालमा १ सय ३४ जनामा काेराेना देखिएकाेमा ३३ जना डिस्चार्ज भएका छन ।