काठमाडौंमा मसाल जुलुस

everest kitchen


काठमाडौं । काङ्ग्रेस निकट नेपाल विद्यार्थी संघ नेविसंघले काठमाडौंमा मसाल जुलुस प्रदर्शन गरिएकाे छ ।

भारतीय हस्तक्षेपको विरोध र नेविसंघका पक्राउ परेका नेता–कार्यकर्ता रिहाइको माग गर्दै राजधानीको बालाजु क्षेत्रमा मसाल जुलुससहित प्रदर्शन गरिएको हाे ।

नेपाली काङ्ग्रेस र नेपाल विद्यार्थी संघ तारकेश्वर नगरपालिका–४ को  आयोजनामा  लोलाङदेखि बाइपाससम्म मसाल जुलुससहित विरोध प्रदर्शन गरिएको थियाे ।

नेविसंघका केन्द्रीय अध्यक्ष राजिव ढुङगाना सहित करिब ५० जनालाई प्रहरीले पक्राउ गरि महेन्द्र पुलिस क्लबमा राखिएको छ । उनीहरुलाई भारतीय हस्तक्षेप बिरुद्ध सडकमा बिराेध प्रदर्शन गर्न निस्केपछि , लकडाउनकाे समयलाई मध्यनजर गरेर पक्राउ गरिएको बताएको छ ।