बेलायतमा काेराेनाकाे कारण मृत्यु हुने नेपालीको सङ्ख्या ६० पुग्याे

everest kitchen
तस्बिर : राेर्यटस

काठमाडौं । बेलायतमा काेराेना भाईरसबाट मृत्यु हुने नेपालीको सङ्ख्या बढेकाे छ । बेलायतमा हालसम्म काेराेना संक्रमणकै कारण ६० जना नेपालीको मृत्यु भैसकेको छ ।

बेलायतमा ५० जना पुरुष र १० जना महिला गरि हालसम्म ६० जना नेपालीहरुको कोरोनाका कारण मृत्यु भएको नेपाली दूतावास लन्डनले उल्लेख गरेकाे छ ।

दुतावास तथा एनआरएन वेलायतका अनुसार सबैभन्दा बढी मृत्यु भूपु गाेरखा सैनिकको रहेकाे छ । करिब ४९ जना पूर्वगोर्खा सैनिक तथा ११ जना गैरगोर्खाको मृत्यु भएकाे हाे ।