सिंगापुरमा झन्डै २४ हजार काेराेना संक्रामित हुदा विदेशीमात्र ९० प्रतिशत

everest kitchen


ऐजेन्सि । सिंगापुरमा हालसम्मको तथ्यांक अनुसार स्थानीय भन्दा आप्रवासी कामदारहरुमा काेराेना संक्रमण बढि देखिएकाे छ ।

साेमवार मात्रै सिंगापुरमा देखिएकाे ४८६ नयाँ संक्रमित मध्ये २ जना स्थानीयमा मात्रै देखिएकाे सिंगापुरकाे स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ ।

हालसम्म सिंगापुरमा हालसम्म २३ हजार ८२२ जनामा संक्रमण देखिएकाेमा २० हजार ९६१ जना विदेशी रहेकाे बताएको छ । सिंगापुरमा जम्मा संक्रमित मध्ये ९० प्रतिशत आप्रवासीहरुमा संक्रमण रहेकाे बताएको छ ।

सिंगापुरमा अहिलेसम्म २१ जनाकाे काेराेनाकाे कारण मृत्यु भएकाे छ भने ३ हजार २२५ जनाले स्वास्थ्य लाभ गरेका छन ।