नेपालले कहिले फर्काउछ मलेसियाबाट अलपत्र नेपाली श्रमिकहरु ?

everest kitchen
photo file

विपेन उलङगे
काठमाडौं । विश्वभरि फैलिएकाे काेराेना महामारीले यतिबेला विश्वका ठुला देशहरु पनि थला परेमा छन । यसकाे प्रत्येक्ष असर नेपाललाई पनि परेकाे छ । नेपालमा पनि याे आयातित राेगकाे संक्रमण बढदाे अवस्थामा रहेकाे छ ।

विशेषगरि विदेशबाट फर्केका नेपालीलाई नै काेराेना संक्रमण देखिएकाले वैदेशिक यात्रालाई नेपालले पुर्णतः राेकेकाे सकरात्मक देखिएपनि विदेशमा अलपत्र नेपालीहरु प्रति भने सरकारले अहिलेसम्म कुनै कदम अगाडि बढाएकाे छैन । भारत , मलेसिया तथा खाडीमा रहेका लाखौं नेपाली अलपत्र रहेकाे र भाेकै बस्नुपर्ने अवस्थामा सरकारले केहि गर्नुपर्ने देखिन्छ तर सरकार यस बिषयमा गम्भीर भएकाे त देखियो तर उद्धारकाे कदम वा व्यवस्थापन चासो तथा कदम नचाल्नु दु:खद हाे ।

मलेसियामा रहेर अलपत्र नागरिकलाई आफ्नाे देश फर्काउन भियतनाम , फिलिपिन्स , म्यानमारले लगातार पहलकदमी गर्दै सयौं नागरिकलाई स्वदेश फर्काएका छन ।

मलेसियामा काेराेना नियन्त्रणकाे लागि जारी आवागमन नियन्त्रण आदेशका कारण अलपत्र नागरिकहरुलाई भियतनाम , फिलिपिन्स र म्यानमारले उद्धार गरि बन्दाबन्दिकै बिच स्वदेश फर्काएका छन । गत मे-७ मा मलेसियाका लागि म्यानमार राजदुतावास मलेसियाकाे पहलमा मलेसियामा एकदमै समस्या रहेका आफ्ना सयौं नागरिकहरुलाई स्वदेश फर्काएकाे थियाे ।

त्यस्तै मलेसिया स्थित भियतनामकाे राजदुतावासकाे पहलमा अस्ति भरखरै मे-१० मा आफ्ना २ सय ७० जना भियतनामी नागरिकको उद्धार गरि स्वदेश फर्काएकाे थियाे । जाे एकदमै समस्यामा रहेका थिए ।

गत अप्रिल – २८ मा फिलिपिन्सले पनि आफ्ना १ सय ८३ जना नागरिकको उद्धार गरेकाे थियाे । उनीहरुलाई मलेसियाबाट स-सम्मान फर्काईएपछि स्वदेशमा भव्य स्वागत गरिएकाे थियाे ।

मलेसिया आैद्याेगिक देश भएकाले त्यहाँ नेपाल , बङ्लादेश, ईन्डाेनेसिया, फिलिपिन्स , भियतनाम , म्यानमार, भारत लगायत देशका लाखौं आप्रवासीहरुले राेजगार गरिरहेका छन । जसमा नेपाली मात्रै करिब ६ लाखकाे हाराहारीमा रहेकाे आकलन गरिएकाे छ । याे सङ्ख्या भारतपछिकै ठूलाे सङ्ख्या हाे ।

अहिले जसरी भारतीय भूमीमा अलपत्र नेपालीहरुकाे पिडा छ, त्यतिकै पिडा मलेसिया लगायत खाडीमा रहेका नेपालीहरुले भाेग्ने गरेका छन । मलेसियामा मात्रै नेपाल फर्किन तयारि अवस्थामा रहेका करिब ७ हजार बढि नेपालीहरु अलपत्र परेका छन । स्वदेश फर्कन चाहेकाे सङ्ख्या त अझ बढिनै छ ।

करार अवधि सकिएर स्वदेश फर्किने तयारीमा रहेका श्रमिकलाई राेजगारदाता कम्पनीले जिम्मेवारी नलिने र भिषा तथा पास सकिएका नेपालीलाई पनि कसैले जिम्मेवारी नलिने भएपछि उनीहरु खाद्यान्न तथा स्वास्थ्य समस्याले ग्रसित रहेका छन ।

मलेसियाले आवागमन नियन्त्रण आदेश (एमसिओ) थप गरेर आगामी जुन ९ सम्म बढाएकाे छ । उसले जनवरी यता भिषा सकिएका विदेशीहरुलाई एमसिओ सकिएकाे १४ दिन भित्र विना राेक-ताेक स्वदेश फर्कन दिने भएकाे छ ।
यस बिचमा कुनै विदेशी स्वदेश फर्कन चाहेमा कुटनैतिक पहलबाट फर्कन सक्ने सम्भावना भने रहन्छ ।

यस सम्बन्धमा मलेसियाका लागि नेपाली राजदूत उदय राज पाण्डे संग बुझ्दा नेपालले सरकारले नचाहेसम्म नेपालीहरु फर्किन सम्भव नरहेको र यस बिषयमा पहल गरिरहेकाे हिमाल टाईम्सलाई जवाफ दिएका थिए ।

यधपी पाण्डेका अनुसार मलेसियामा काेहि नेपालीलाई खद्यान्न अभाव भए दुतावासमा सम्पर्क गरे सहयोग गर्ने बताएका छन । तर धेरै नेपालीको गुनासो भनेकाे दुतावासले फाेन नउठाउने बताईरहेका छन । दुतावासले मलेसियामा जारि एमसिओकाे अवधिमा बिहान १० देखि दिउसाे १ बजेसम्म मात्रै सेवा दिईरहेकाे बताएको छ । याे अवस्थामा नेपाली दुतावास मलेसियाले बिहान ५ बजेदेखि राति १२ बजसम्म हटलाईन खुल्ला राख्न जरुरी देखिन्छ । जसले नेपाली श्रमिकले अभिभावकत्व महशुस गर्न पाउनेछन् । दुतावास कर्मचारीहरुले गुनासा टिपेर मात्रै भएन , यसलाई सम्बाेधन गर्न पनि अग्रसरता दुतावासले देखाउनैपर्छ ।

सरकार यस बिषयमा गम्भीर रहन जरुरी देखिन्छ । सरकारले चाहेमा विदेश स्थित अलपत्र नेपालीलाई स्वदेश फर्काउने र नेपालका सम्पूर्ण हाेटलहरुलाई क्वारेन्टाइन बनाएर न्यून शुल्कमा व्यवस्थापन गर्न सक्छ ।

क्वारेन्टाइनमा बसेका सम्पूर्णकाे तीब्र परिक्षण गर्ने र संक्रमितकाे उपचार र स्वास्थ मानिसलाई हाेम क्वारेन्टाइनमा बस्न दिनुनै अहिले उत्तम विकल्प हाे ।