नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ९१ पुग्याे

everest kitchen

काठमाडौ । नेपालमा काेराेना संक्रमितकाे सङ्ख्या १ सय ९१ पुगेकाे छ । आजमात्रै ५७ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे सङ्ख्या १ सय ९१ पुगेकाे हाे ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु जिल्लाका ८ जना र रुपन्देहीका ९ जना, पर्सा जिल्लाका ३९ जना र बाराका १ जनाका संक्रमण देखिएकाे हाे ।

उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य रहेकाे र उनीहरुलाइ अस्पताल ल्याउने कार्य भैरहेकाे मन्त्रालयले जनाएको छ।

हालसम्म नेपालमा काेराेनम संक्रमितको सङ्ख्या १ सय ९१ मध्ये ३० जना डिस्चार्ज भएका छन ।