विदेशमा मृत्यु हुने कामदारको शव उतै अन्त्येष्टि गर्न सहमति पत्र पठाउनु: बाेर्ड

everest kitchen

काठमाडौं । वैदेशिक राेजमारमा रहेका कामदारको काेराेनाकाे कारण मृत्यु भए उतै अन्त्येष्टि गर्न सहमति पत्र पठाउन व‌ैदेशिक राेजगार बाेर्डले अनुरोध गरेकाे छ ।

वैदेशिक रोजगार बोर्डको सचिवालयले कोरोना भाइरसका कारण मृत्यु हुने कामदारको शव सम्बन्धित मुलुकमै तत्काल अन्त्येस्टि गर्नुपर्ने बाध्यतारहेकोले सम्बन्धित देशमै अन्त्येष्टि गर्न जिल्ला प्रशासन मार्फत नजिककाे नातेदार लाई सहमति पत्र पठाउन अनुरोध गरेकाे हाे ।

बाेर्डले एक विज्ञप्ति जारि गर्दै विदेशमा रोजगारीको क्रममा विविध कारणले मृत्यु भएका कामदारहरूको शव विश्वव्यापी कोभिड – १९ महामारीका कारण बन्दाबन्दी ( लकडाउन ) र अन्तर्राष्ट्रिय उडान बन्द भएकोले नेपाल ल्याउन नसकिएको बताएको छ ।

त्यस्तै सम्बन्धित देशमा अन्त्येष्टि गर्नुपर्ने भएकाले बाेर्डले मृतकको आफन्तलाई सान्त्वना स्वरुप रु ५० हजार सहयोग गर्ने भएकाे छ ।