एउटा अनाैठाे रहस्य : नारायण पाैडेल 

everest kitchen
नारायण पाैडेल

लघुकथा:- एउटा अनाैठाे रहस्य ।
नारायण पाैडेल 

देशमा लकडाउन हुनुभन्दा अगाडि डाक्टर पृथ्वीमान अस्पतालमै व्यस्त रहन्थे । लकडाउनमा अस्पताल बन्द भएकाेले उनी घरमै बसिरहेका थिए । एकदिन छिमेकीकाे देहावसान भयाे । सागर जाने सिमित मलामी मध्येमा डाक्टर पृथ्वीमान पनि परे ।

लकडाउनकाे डेढ महिना पछि यस्तो काम अाईलागेकाे थियाे उनलाई । डाक्टर पृथ्वीमान असाध्यै जिज्ञासु मानिस थिए । काेराेना भाइरस फैलिएपछि नेपालमा भित्र भित्रै मानिसहरू मरिरहेकाे र सरकारले तथ्यांक लुकाएकाे भन्ने एकथरीकाे बलियाे शंका थियाे ।

मान्छे मरेपछि कसैले लुकाएर लुकाउन सक्ने अवस्था नै हुदैन ।तैपनि डाक्टर पृथ्वीमानले मानिसहरुबाट यस्तो कुतर्क सुनेका थिए ।डाक्टर हुन् । उनले अस्पतालहरुकाे गतिविधि पनि नजिकैबाट बुझेका थिए ।मेडिकल सिटी भनेर चिनिने चितवनकाे भरतपुरका सबै अस्पतालहरु खाली खाली थिए ।

अस्पतालका मुर्दाघरहरु पनि लामाे समयदेखि खाली थिए ।देवघाट पुगेपछि लास सतगतकाे काम शुरु भयाे । उनी अलिपर दाउरा चिरेकाे ठाँउमा पुगे ।

एउटा मान्छेले बन्चरो र छिनाे प्रयाेग गरेर ठूलाठूला मुढा फाेर्दै गरेकाे थियाे । उसैलाई साेधे “कति लास अाउँछन् अाजभाेली ?”उसले राेकिएर भन्याे ” दिनकाे तीन चारवटा लास अाउछन् ।”

“पहिला कति अाउथे ?”

“तीसवटा भन्दा बढी लास अाउथे ।”

“तपाईंको बिचारमा लास किन कम अाएजस्ताे लाग्याे ?” – डाक्टरले सोधे।

उनले डाक्टरको अनुहार तिर हेरेर भने -“ल तपाईलाई त्यतिपनि थाहा छैन ? लकडाउन खुलेकै छैन, अस्पताल जान नपाएपछि मान्छे कसरी मर्छन त सर ?”

२०७७/०१/२९
चितवन ।