संक्रमित भेटिएका भक्तपुरका दुई ठाउँमा सिल गरियो

everest kitchen


भक्तपुर । भक्तपुरमा दुई जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको आसपासका स्थानमा सिल गरिएकाे छ ।

मध्यपुर थिमि नगरपालिका, शंखधर चोकनजिकै बस्ने एक २५ युवती र दुवाकोटमा बस्दै आएका एक २७ बर्षिया पुरुषमा मंगलबार काेराेना पुष्टि भएको थियो ।

संक्रमित भेटिएका भक्तपुरकाे दुवाकोट र शंखधर चोक आसपासको क्षेत्रलाई सिल गरेको छ ।

शंखधर चाेक स्थित संक्रमित युवती नर्स हुन भने उनी सुनसरीबाट आएकी थिइन् । साथीकाे काेठामा बसेकी उनी र साथी दुबै जना भक्तपुरकाे एक स्वास्थ्य संस्थामा कार्यरत नर्सहरु हुन् ।

अर्का भक्तपुरकाे दुवाकोटमा भेटिएका संक्रमित २७ बर्षि पुरुष सशस्त्र प्रहरी रहेकाे खुलेकाे छ । उनीहरुको ट्रेसिङकाे कार्य भैरहेकाे बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार गए रातिको बिबरण अनुसार २६ जना त्याे भन्दा अघि दिउसाे ५७ जना गरि एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएकाे हाे ।

नयाँ संक्रमित मध्ये रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २/२ तथा काठमाडौं, बारा र सर्लाहीमा १/१ जनामा संक्रमण पुष्टि भएको छ । यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १७ पुगेको छ ।