माईतीघरबाट फर्कदा भिरबाट खसेर महिलाको मृत्यु

everest kitchen


बैतडी । बैतडीमा एक महिलाको भिरबाट खसेर मृत्यु भएकाे छ । माईतीघरबाट घर फर्कदा भिरबाट खसेर ३० बर्षीया महिलाको मृत्यु भएकाे हाे ।

सिगास गाउँपालिका-९ बस्ने ३० वर्षीया कलावती धामीको सोही ठाउँ लिपुणखोलास्थित भिरबाट करिब १ सय मिटर तल खसेर मृत्यु भएको छ । सोही गाउँपालिका-८ लिपुणस्थित माईतीघरबाट घर फर्कने क्रममा भिरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

भिरबाट खसेकाे भन्ने खबर प्राप्त भएपछि आफन्तहरुले खोजी गर्ने क्रममा उनको शव फेला परेको हुन ।