ठेक्का पट्टा र पम्प सञ्चालनबाट मुक्त गरि सिमामा सेना परिचालन गराैं : सांसद किराती

everest kitchen

काठमाडौं । भाेजपुरबाट बिजयी सांसद तथा नेकपा नेता सुदन किरातीले सिमा रक्षाकाे लागि सेनालाई खटाउन माग गरेका छन ।

संसदमा बाेल्न नपाएकाे भन्दै सांसद किरातीले सभामुखलाई सम्बाेधन गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन ” मुलुकको सिमा सुरक्षाको प्रमुख दाइत्यो संबन्धित देशको सेनाको हुने गर्दछ । अब यो बेला हाम्रो नेपाली सेनालाई जग्गा ल्पटिङ्ग गर्ने ठेक्का पट्टा गर्ने र पेट्रोल पंम्प संचालन गर्ने व्यापारिक काम बाट अविलम्ब मुक्त गराई सिमा सुरक्षामा तत्काल पठाउनु पर्यो । सिमा क्षेत्रको प्रत्येक एक किलो मिटरमा एक सुरक्षा पोष्ट स्थापना गर्नु पर्यो ।

खाद्यान्न बाेकेर पिडितकाेमा जादै सांसद किराती

काेराेना प्रकाेपकाे समयमा खाद्यान्न अभाव भएका मजदुरकाे घरघरमा गएर राहत बांडेर प्रशंसा कमाएका सांसद किरातीले फेसबुकमा लेखेकाे सम्बाेधन यस्तो छ:

आज संसदमा बोल्न नपाउँदा
सभामुख महोदय !
भारतीय बिस्तारबादले फेरि हाम्रो भूमी मिचेकोछ यो हेपाहा प्रबृती नेपाली जनतालाई किमार्थ स्वीकार्य छैन ।दुखको कुरा जब घटना मिडिया बाट सार्बजानिक भएछ तब मात्र हाम्रो सम्माननीय प्रधानमन्त्री ज्यु लाई जनाकारी भएछ । भन्ने बिषयले नेपाली नागरिकले आत्मा गौरब गर्न सकेको छैन बरु आत्म पश्चात्ताप र हृदय भित्र बाटै ग्लानि महशुष गरेकोछ ।
सभामुख महोदय !
मुलुकको सिमा सुरक्षाको प्रमुख दाइत्यो संबन्धित देशको सेनाको हुने गर्दछ अब यो बेला हाम्रो नेपाली सेनालाई जग्गा ल्पटिङ्ग गर्ने ठेक्का पट्टा गर्ने र पेट्रोल पंम्प संचालन गर्ने व्यापारिक काम बाट अविलम्ब मुक्त गराई सिमा सुरक्षामा तत्काल पठाउनु पर्यो सिमा क्षेत्रको प्रत्येक एक किलो मिटरमा एक सुरक्षा पोष्ट स्थापना गर्नु पर्यो ।
सभामुख महोदय !
जुनसुकै मुलुकको सार्बभौमिक सत्ता त्यो देशको नागरिकलाई प्राण भन्दा प्यारो हुने गर्दछ ।अन्य देशमा भए यतिबेला गोलावारी भै सक्ने थियो तर हामी इन्तु न चिन्तु अवस्थामा छौ खाली औपचारिक कागजी वक्तव्यमा सिमित छौ । पूर्खाले छोडेको नासोलाई रक्षा गर्न आजै बुद्धि पुर्याउँ भोलित ढिला हुन सक्छ ।
धन्यवाद !