नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय १८ पुग्याे

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बुधबार एक जनामा काेराेना पुष्टि भएकाे छ । धुलिखेल अस्पतालकाे प्रयोगशालामा गरिएकाे परिक्षणमा बांके नेपालगन्ज-८ निवासी ३६ वर्षीया पुरुषमा संक्रमण भएकाे हाे ।

त्यस्तै गए रातिको बिबरण अनुसार २६ जना त्याे भन्दा अघि दिउसाे ५७ जना गरि एकैदिन ८३ जनामा संक्रमण पुष्टि भएकाे थियाे ।

नयाँ संक्रमित मध्ये रूपन्देहीमा ९ र कपिलवस्तुमा ८ संक्रमित छन् । महोत्तरी, धनुषा र भक्तपुरमा २/२ तथा काठमाडौं, बारा र सर्लाहीमा १/१ जनामा संक्रमण पुष्टि भएको थियाे  ।

यी सबैसहित मुलुकमा कुल संक्रमितको संख्या २ सय १८ पुगेको छ ।