मृगकाे मासु भाग लगाईरहेकाे अवस्थामा ४ जना पक्राउ

everest kitchen
सांकेतिक तस्बिर

काठमाडौं । पोखरा महानगरपालिका-३१ बिनेरीकुनाबाट भरुवा बन्दुक १ थान, सोको गोली १ थान, म्याग्जिन १ थान र मृगको मासु ६ केजी सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका-३१ बिनेरीकुना बस्ने ५४ वर्षीय आईते पोडे, ३८ वर्षीय राज कुमार पोडे, २७ वर्षीय सरल न्यौपाने र ३९ वर्षीय गणेश गौतम रहेकाेे प्रहरीले जनाएको छ ।

आईतेको घरमा मृग मारेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय शिशुवाबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उनीहरुलाई मृगको मासु भाग लगाईरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । साथै आईतेको लुकाईछिपाई राखेको उक्त हातहतियार समेत प्रहरीले बरामद गरेको हो ।

स्राेत : नेपाल प्रहरी