तामाङ घेदुङ र कलाकारकाे संयुक्त काेषबाट ९ श्रमिकलाई खाद्यान्न सहयोग

everest kitchen


क्वालालम्पुर । नेपाल तामाङ घेदुङ प्रवास शाखा मलेसिया र नेपाल तामाङ कलाकार संघ मलेसियाकाे संयुक्त रुपमा खाद्यान्न अभाव भएका श्रमिकहरुलाई सहयोग गरेका छन ।

मलेसियामा स्थापित उक्त दुईवटै संगठनकाे संयुक्त रुपमा स्थापना भएकाे काेराेना विशेष काेषबाट मलेसियामा जारी आवागमन नियन्त्रण आदेश (एमसिओ) काे कारण खाद्यान्न अभाव भएका मलेसियाको पुलाउ पेनाङ स्थित टि-सुर्या जापानीज रेष्टुरेन्टमा कार्यरत ५ जना श्रमिकलाई संगठनले खाद्यान्न सहयोग गरेकाे हाे । उनीहरूले लामाे समयदेखि राेजगारि गुमाएको र राेजगारदाताले जिम्मेवारी नलिएकाे बताएको छ ।

त्यस्तै मलेसियामा जारि एमसिओ र नेपालकाे लकडाउनले राेकिएका चार जना श्रमिकलाई संगठनले सहयोग उपलब्ध गराएकाे छ । जस अन्तर्गत राजधानी क्वालालम्पुर नजिकै सेलाङ्गोर राज्यको सलयाङ्ग स्थित एक होस्टलमा बस्दै आएका ईन फाेर्स सेक्युरिटी (Enforce security) कम्पनीमा कार्यरत ३ जना श्रमिक र क्वालालम्पुर मिटभ्याली ईख्लास सुचि कम्पनीमा कार्यरत १ जना रहेका छन ।

पिडितलाई संगठनका प्रतिनिधि उपस्थिति भएर सहयोग गरेका थिए ।

यी दुई संगठनले मलेसियामा समस्यामा परेका नेपालीको लागि सहयोग गर्ने हेतुले यसअघि आरएम ५ हजार बराबरको काेष खडा गरेका थिए ।