नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ४३ पुग्याे

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बुधबार सांझ फेरि थप २४ जनामा काेराेना पुष्टि भएकाे छ । जसमा १२ जना रुपन्देही, ८ जना कपिलवस्तु, ३ जना पर्सा,  एकजना नवलपरासीका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

थपिएका २४ संक्रमितमध्ये २० जना पुरुष र ४ जना महिला छन्।