नेपालमा काेराेना संक्रमितको सङ्ख्या २ सय ५० पुग्याे

everest kitchen


काठमाडौ । सरकारले काेराेना परिक्षणलाई केहि हदसम्म फराकिलो पारेपछि नेपालमा संक्रमितको सङ्ख्या ह्वात्तै बढेकाे छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे बिरण अनुसार आज बिहिवार बिहान फेरि थप ५ जनामा काेराेना पुष्टि भएकाे छ । याे संगै नेपालमा संक्रमितको सङ्ख्या २ सय ५० पुगेकाे छ । जसमा सर्लाही ,धान्काैल न.पा. निवासी ४५ बर्षिया पुरुष , धनुषाकाे जनकपुर न.पा र मिथिला न.पा का ३० बर्षिया पुरुष र २० बर्षिया युवती रहेका छन ।

यस्तै महाेत्तरी जलेधर न.पन. र बलवा न.पा. का १६ र ३५ बर्षिया पुरुषहरु रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।